नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,८४४ पुग्यो

भक्तपुर न्यूज

५ साउन २०७७ १०:५८

नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,८४४ पुग्यो

काठमाडौं । नेपालमा सोमबार थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका २७ परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप १८६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १७ हजार ८४४ पुगेको छ। त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसहित नेपालमा हालसम्म ११ हजार ८ सय ६८ उपचारपछि निको भएका छन्।

यो कुल संक्रमितको ६६.५१ प्रतिशत हो। प्रवक्ता गौतमका अनुसार विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। हालसम्म ३ लाख १९ हजार बढीको पिसिआर परीक्षण भएको छ।

त्यस्तै हालसम्म मृतक ४० जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मितिः २०७७ साउन ०५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *