नेपालका ८ जिल्ला भए कोरोनामुक्त , ३ जिल्लामा ५०० भन्दा बढी संक्रमित

भक्तपुर न्यूज

४ साउन २०७७ ११:१४

नेपालका ८ जिल्ला भए कोरोनामुक्त , ३ जिल्लामा ५०० भन्दा बढी संक्रमित

काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा.जागेश्वर गौतमले नेपालका ८ जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको बताए।

प्रवक्ता गौतमका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोना मुक्त भएका हुन्।

त्यस्तै प्रवक्ता गौतमलले तीन जिल्लामा कोरोना संक्रमितको संख्या बढी रहेको बताए। प्रवक्ता गौतमका अनुसार रौतहट, कैलाली र बाजुरामा कोरोना संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ।

प्रकाशित मितिः २०७७ साउन ०४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *