विश्वभर संक्रमितको संख्या एक करोड ४१ लाख ७६ हजार ३४३ पुगे,पाँच लाख ९८ हजार ४५० को मृत्यु

भक्तपुर न्यूज

३ साउन २०७७ ४:४२

विश्वभर संक्रमितको संख्या एक करोड ४१ लाख ७६ हजार ३४३ पुगे,पाँच लाख ९८ हजार ४५० को मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या एक करोड ४१ लाख ७६ हजार ३४३ पुगेको छ। हालसम्म संक्रमितमध्ये पाँच लाख ९८ हजार ४५० जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ८४ लाख ४१ हजार १९३ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ५१ लाख ३६ हजार ७०० जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

नेपालमा हालसम्म १७ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ५३४ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत वर्षको माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

वल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म ३७ लाख ६६ हजार ६०५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ४१ हजार ९७७ जनाको मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमित २० लाख ४८ हजार ६९७ जना पुगेका छन्, जसमध्ये ७७ हजार ९३२ जनाको मृत्यु भइसकेको छ।

भारतमा कोरोना संक्रमितको संख्या १० लाख ४० हजार ४५७ पुगेको छ। भारतका संक्रमितमध्ये २६ हजार २८५ जनाको मृत्यु भइसकेको छ।

रूसमा सात लाख ५९ हजार २०३ जना कोरोना संक्रमित रहेकोमा १२ हजार ७९९ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रूस, पेरू, दक्षिण अफ्रिका, चिली, मेक्सिको, स्पेन, बेलायत, इरान, पाकिस्तान तथा इटाली रहेका छन्।

प्रकाशित मितिः २०७७ साउन ०३ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *