भक्तपुरमा पुरुष भन्दा महिला कोरोना संक्रमित बढी
भक्तपुर । भक्तपुरमा पुरुषको तुलनामा महिलामा बढी कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो ।
कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार भक्तपुरमा आजसम्ममा ४८ जनामा कोरोना संक्रमण देखिएकोमा २९ जना महिला छन् र बाँकी १९ जना पुरुष रहेका छन् ।
कोरोना संक्रमित मध्ये १८ महिला र १२ पुरुष गरी जम्मा ३० जना उपचारपछि घर फर्किएका छन् । अब ११ महिला र ७ पुरुष गरी जम्मा १८ जना उपचारका लागि अस्पतालमा रहेको प्रमुख मिजारले बताए ।
भक्तपुर जिल्लामा आजसम्म २ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण भएको र १ हजार ९३३ जनाको आरडिटी परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल भक्तपुरमा १७१ जना विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका छन् ।
प्रकाशित मितिः २०७७ साउन ०१ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४