काठमाडौं उपत्यकामा आज १ जनामा मात्रै देखियो कोरोना
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एकजना मात्रै कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा काठमाडौंका १ जनामा मात्रै कोरोना संक्रमण देखिएको हो। यसअघि बुधबारसम्म काठमाडौंमा २४४ जना, ललितपुरमा ७५ जना र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण देखिएको थियो।
नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हाल नेपालमा संक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ।
प्रकाशित मितिः २०७७ साउन ०१ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४