आज थपिए १६७ नयाँ संक्रमित, कुल संक्रमितको संख्या १७ हजार ३४४ पग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ जना पुगेको छ। बिहिबारसम्म नेपालमा हालसम्म ११ हजार २४९ जना उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
बिहिबार ४ हजार ९ सय ८१ जनाको पीसीआर परीक्षण भएको र हाल २३ हजार ५०० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए। हाल ६ हजार ५६ जनाको आइसोलेसनमा कोरोनाको उपचार भइरहेको छ। आज कोहि पनि रेड जोनमा परेका छैनन् । हालसम्म रेड जोनमा ५२६ जना परिसकेका छन् ।
प्रकाशित मितिः २०७७ साउन ०१ बिहिबार