घर फर्किने संख्या ८० लाख २७ हजार ७८९ पुग्यो (कहाँ कति, सूचिसहित)

भक्तपुर न्यूज

१ साउन २०७७ १:०४

घर फर्किने संख्या ८० लाख २७ हजार ७८९ पुग्यो (कहाँ कति, सूचिसहित)

काठमाडौं ।  कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ८० लाख २७ हजार ७८९ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ३६ लाख ८१ हजार ६० जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ५ लाख ८६ हजार १२७जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा १६ लाख ४३ हजार ६३६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १२ लाख ५५ हजार ५६४ जना, भारतमा ६ लाख १३ हजार ७३५, रसियामा ५ लाख २३ हजार २४९, र चिलीमा २ लाख ९२ हजार ८५ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ३६ लाख १५ हजार ७०९ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १९ लाख ७० हजार ९०९ जना, भारतमा ९ लाख ७० हजार १६९ जना, रसियामा ७ लाख ४६ हजार ३६९ जना र पेरुमा ३ लाख ३७ हजार ७२४ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ४० हजार १०० जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ७५ हजार ५२३ जना, बेलायतमा ४५ हजार ५३ जना, मेक्सिकोमा ३६ हजार ३२७ जना र इटालीमा ३४ हजार ९९७ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus

प्रकाशित मितिः २०७७ साउन १ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *