आज थपिए ११६ नयाँ संक्रमित, कुल संक्रमितको संख्या १७ हजार १७७

भक्तपुर न्यूज

३१ असार २०७७ १०:५८

आज थपिए ११६ नयाँ संक्रमित, कुल संक्रमितको संख्या १७ हजार १७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको छ। बुधबारसम्म नेपालमा हालसम्म ११ हजार २५ जना उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव २५ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

बुधबार ५ हजार ९० जनाको पीसीआर परीक्षण भएको र हाल २४ हजार ५२७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए। हाल ४ हजार १ सय १३ जनाको आइसोलेसनमा कोरोनाको उपचार भइरहेको छ। आज नवलपरासीका एक जना रेड जोनमा परेका छन् । हालसम्म रेड जोनमा ५२६ जना परिसकेका छन् ।

प्रकाशित मितिः २०७७ असार ३१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *