कोरोनाको आशंकापछि १४९ जना भक्तपुरको खरिपाटिमा क्वारेन्टिनमा

भक्तपुर न्यूज

२७ असार २०७७ ३:२२

कोरोनाको आशंकापछि १४९ जना भक्तपुरको खरिपाटिमा क्वारेन्टिनमा

काठमाडौं ।  कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि उनीहरुलाई खरिपाटि लगिएको हो ।

 शुक्रबार कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

एउटै विमानमा आएका केहीलाई कोरोनाको आशङ्का भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सिधै क्वारेन्टिन लगिएको हो ।

क्वारेन्टिनमा लगेर पीसीआर परीक्षणको तयारी गरिएको उनले जानकारी दिइन् ।

प्रकाशित मितिः २०७७ असार २७ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *