काठमाडौँ उपत्यकामा थपिए ४२ जना कोरोना संक्रमित
काठमाडौँ। काठमाडौँ उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका २८, ललितपुरका १३ र भक्तपुरका एक जनामा कोरोना पुष्टि भएको बताए।
उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १५, भक्तपुरका १ र ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १२ जनामा संक्रमण पुष्टि भएको छ। देशभरिमा ११८ जना संक्रमित भएमध्ये काठमाडौँमा ४२ जना थप संक्रमित भेटिएका हुन्।
प्रकाशित मितिः २०७७ असार २६ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १६:३३
सरकार र शिक्षकबिच झन–झनै दूरी बढ्दै
९ वैशाख २०८२ १५:३६