२४ घन्टामा १३९ जना कोरोना संक्रमित डिस्चार्ज

भक्तपुर न्यूज

२५ असार २०७७ ११:१०

२४ घन्टामा १३९ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । नेपालमा बिहिबार १३९ जना कोरोना मुक्त भएर डिस्चार्ज भई घर गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १३९ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए।

योसँगै मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार योसहित कोरोना जित्नेको ७ हजार ८९१ संख्या पुगेको छ। यस्तै मन्त्रायका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोनामुक्त भएका छन्। नेपालमा दिनप्रतिदिन कोरोना संक्रमण घट्दै गएको मन्त्रालयको दावी छ।

हालसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मितिः २०७७ असार २५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *