काठमाडौं उपत्यकामा थपिए पाँच कोरोना संक्रमित

भक्तपुर न्यूज

२५ असार २०७७ १०:५६

काठमाडौं उपत्यकामा थपिए पाँच कोरोना संक्रमित

काठमाडौं । काठमाडौंमा आज (बिहीवार) थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंमा आज एकैपटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुुमा एक, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा एक,वीर अस्पताल काठमाडौंमा एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मितिः २०७७ असार २५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *