बुधबार थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५५ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले विभिन्न जिल्लामा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै कुल कोरोना संक्रमित संख्या १६ हजार ४ सय २३ पुगेको छ।
उनका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५३ जना कोरोनामुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुने संख्या ७ हजार ७ सय ५२ पुगेको छ।
यस्तै २५ हजार ४० जना क्वारेन्टिनमा र ८ हजार ६ सय ३६ आइसोलेसनमा रहेका छन्। अहिले रेड जोनमा कोहि पनि छैनन्।
प्रकाशित मितिः २०७७ असार २४ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १६:३३
सरकार र शिक्षकबिच झन–झनै दूरी बढ्दै
९ वैशाख २०८२ १५:३६