विश्वभर ५ लाख ४५ हजार ६५२ जनाको मृत्यु
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५ लाख ४५ हजार ६५२ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
यस्तै १ करोड १९ लाख ४८ हजार १८१ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ७ हजार ७५२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।
संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म ६८ लाख ४४ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९४ हजार ५४८ जनाको मृत्यु भएको छ । २५ लाख ४ हजार ६७५ जना संक्रमित भएकोमा १४ लाख ५१ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७८ हजार ६२४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३६ लाख २७ हजार २५४ पुगेको छ । त्यसमध्ये १६ लाख ४७ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा ६४ हजार ४४२ जनाको मृत्यु भएको छ । २६ लाख ८० हजार २६८ जना संक्रमित भएकोमा १८ लाख २१ हजार ४९२ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा ९६ हजार ७७५ जनाको मृत्यु भएको छ । २६ लाख १३ हजार ६१३ जना संक्रमित भएकोमा १६ लाख ७१ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा १२ हजार १५ जनाको ज्यान गएको छ भने ५ लाख ११ हजार ११७ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ४७ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ५३१ जना संक्रमित भएकोमा ९ हजार ८४ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मितिः २०७७ असार २४ बुधबार