विकास निर्माण कार्यमा मनोमानी गरेको विरुद्ध नेपाली कांग्रेस सिपाडोलले बुझायो ज्ञापन पत्र

भक्तपुर न्यूज

२३ असार २०७७ ९:२०

विकास निर्माण कार्यमा मनोमानी गरेको विरुद्ध नेपाली कांग्रेस सिपाडोलले बुझायो ज्ञापन पत्र

भक्तपुर । नेपाली कांग्रेस सूर्यबिनायक नगर वडा नं. ८ सिपाडोलको वडा समितिले आज सुर्यबिनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । वडा कार्यालयमा वडा समितिका सभापति बच्चुराम थापाको नेतृत्वले वडाध्यक्ष किरण थापा मगरलाई ज्ञापन पत्र बुझाएको हो ।

स्थानीय तहको निर्वाचन भएको ३ वर्ष बितिसक्दा पनि यस वडामा भएका र अब हुने विकास निर्माणका योजनाहरुमा मनपरी ढंगले अघि बढेको आरोप कांग्रेसले लगाएको छ ।

वडा अध्यक्षले कार्यकर्ता पोषण गर्ने उद्देश्यका साथ मात्र बिकासका योजनाहरु सञ्चालन मनोमानि तवरले गरेको वडा समितिका सभापति थापाले बताए । हालसम्म भएका बिकासका गतिबिधिको लागतबारे समेत जानकारी गराउँन काँग्रेसले माग गरेको छ । त्यस्तै वडाले कृषि क्षेत्रमा लगानी गरेको र वास्तविक किसानले कति अनुदान पाए भन्ने बारे समेत जानकारीको माग राखेको छ ।

सार्वजनिक जग्गा अतिक्रमणको बिषय उठिरहेका बेला यस वडामा भइरहेका जग्गा प्लटिङ कानुनी आधारमा नभएको बढ्दो गुनासोलाई सम्बोधन गर्न आग्रह गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानीका बारे समेत स्पष्ट खाका प्रस्तुत गर्नु पर्ने लगायत ११ बुँदे माग राखेको सभापति थापाले बताए ।

यस्तो छ, ज्ञापन पत्र

प्रकाशित मितिः२०७७ असार २३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *