थप एक कोरोना संक्रमितको मृत्यु , मृत्यु हनेको संख्या ३६ पुग्यो

भक्तपुर न्यूज

२३ असार २०७७ ७:२६

थप एक कोरोना संक्रमितको मृत्यु , मृत्यु हनेको संख्या ३६ पुग्यो

ललितपुर । नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का एक युवक रहेका छन् । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका उनमा कोरोना पुष्टि भएको हो ।

आफ्नै ज्यान फाल्न लागेका उक्त युवकलाई डोरी काटेर बचाइएको थियो । उनको पछि उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो । मृत्यु भएका युवक मानसिक विरामी रहेको पनि बताइएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । उनको कोरोनाबाटै मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाकीँ रहेको छ ।

प्रकाशित मितिः२०७७ असार २३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *