भक्तपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि

भक्तपुर न्यूज

२२ असार २०७७ १२:११

भक्तपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि

भक्तपुर । भक्तपुरमा १० जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भक्तपुरमा १० जना संत्रमित भेटिएको बताएका थिए । उनले भने, पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भक्तपुुको चाँगुनारायण नगरपालिकामा २ महिला र २ पुरुष गरि ४ जनामा, सूर्यबिनायक नगरपालिका २ पुरुष र भक्तपुर क्यान्सर अस्पतालका २ महिला र २ पुरुष गरि ४ जना कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

संक्रमण देखिएका ब्यक्तिहरुको बसोबास गर्ने स्थानलाई शिल गर्ने तयारी भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले भक्तपुरन्युजलाई जानकारी दिइन् ।

प्रकाशित मितिः२०७७ असार २२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *