काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

भक्तपुर न्यूज

२२ असार २०७७ ११:०७

काठमाडौं उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो उपत्यकामा एकदिनमै भेटिएको आजसम्मकै बढी संक्रमित संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना, ललितपुरका २०, भक्तपुरका १० जनामा कोरोना संक्रमण भेटिएको छ।

यस्तै त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जना गरी पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

प्रकाशित मितिः२०७७ असार २२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *