गुरु पूर्णिमा गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

भक्तपुर न्यूज

२१ असार २०७७ ३:२०

गुरु पूर्णिमा गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौं। आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदैछ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रुपमा लिने गरिएको हो ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।

आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरुले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ ।

गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवम् संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिक रुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको छ ।

प्रकाशित मितिः २०७७ असार २१ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *