नेपालमा शनिबार थप २३२ मा संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुगे

भक्तपुर न्यूज

२० असार २०७७ १०:५२

नेपालमा शनिबार थप २३२ मा संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुगे

काठमाडौं । नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६४१५ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

प्रकाशित मितिः २०७७ असार २० शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *