नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगे
काठमाडौं । गोरखा पालुङटारका कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ५:०५ बजे मृत्यु भएको गोरखा अस्पतालले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले जारी गरेको बिज्ञप्तिअनुसार मृतक पुरूषमा गोरखा अस्पतालमा उपचाररत अवस्थामा शुक्रबार राति ९:५५ बजे कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
मधुमेहबाट पीडित उनलाई निमोनिया देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिँएकोमा उपचारका क्रमा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
प्रकाशित मितिः २०७७ असार २० शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ वैशाख २०८२ १५:०३
काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे
११ वैशाख २०८२ ९:४३
१९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१० वैशाख २०८२ ७:३४
स्पेनिस ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता
११ वैशाख २०८२ १५:२०
आन्दोलनरत चिकित्सकहरुलाई प्रहरीको अवरोध
१० वैशाख २०८२ ७:३२