काठमाडौंका एकजना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ३२

भक्तपुर न्यूज

१९ असार २०७७ ११:१०

काठमाडौंका एकजना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ३२

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्ध रहेका छन् । असार १७ गते मृत्यु भएका उनको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो ।

यससँगै, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

प्रकाशित मितिः २०७७ असार १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *