लकडाउनमै रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी

भक्तपुर न्यूज

१८ असार २०७७ १०:१८

लकडाउनमै रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी

काठमाडौं । काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ ।

बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेकोे जात्रा सञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँगै पाटन क्षेत्रमा रौनक शुरु भएको छ । पहिलेका वर्षजस्तै सहज नभए पनि रोकिएको जात्रा शुरु हुन लाग्दा यहाँका स्थानीयवासी भने खुशी देखिएका छन् । गुठी संस्थान ललितपुर शाखाले पनि आवश्यक सावधानीसहित जात्राको तयारी गर्न थालेको छ ।

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा यस वर्ष रोक्नुहुन्न भन्दै पाटनवासीले पटकपटक गुठीलाई घच्घच्याइरहेका थिए । अहिले रथ निर्माण गरेर जात्रा सञ्चालन गर्न यहाँका धार्मिक सङ्घसंस्था, भक्तजन र पुजारी पनि लागिपरेका छन् ।

प्रकाशित मितिः २०७७ असार १८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *