गिरिजा प्रसाद कोइरालालाई पार्टीले बिर्सयोः केन्द्रीय सदस्य पन्त

भक्तपुर न्यूज

१८ असार २०७७ ८:४४

गिरिजा प्रसाद कोइरालालाई पार्टीले बिर्सयोः केन्द्रीय सदस्य पन्त

भक्तपुर । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमला पन्तले पार्टीले नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई बिर्सेको बताएकी छन् ।

गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्मजयन्ती गिरिजा प्रसाद कोइराला फाउण्डेशन भक्तपुरद्वारा निर्मित चन्द्रबिनायक सत्तलको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस भित्र मात्र नभएर नेपाली राजनीतिलाई सही मार्ग चित्र देखाएका कोइरालालाई अन्य पार्टीले बिर्सनु स्वभाविक रहेता पनि नेपाली कांग्रेसले नै भूल्नु पार्टीकै लागि घातक साबित हुने बताएकी हुन् ।

उनले पार्टीभित्र हरेक गुट उपगुटको अन्त्य गर्दै एक ढिक्का भएर अघि बढ्नु पर्ने भन्दै कांग्रेस एक भावना भएको र सत्तल बनाएर हस्तान्तरण गरेको जस्तो नभएको बताईन् ।

आज मुलुकले दुःख पाउनुको प्रमुख कारण भने ब्यक्तिले शासन सञ्चालन गर्न नसकेको बताउँदै राजनीतिक सम्पूर्ण अधिकार जनताको हातमा दिएर बिदा भएको तर यसलाई जोगाउन सकिएको छ वा छैन भनि अध्ययन गरी ब्यवहारमा लागू गर्नु पर्ने बेला बएको उनले बताईन् ।

कोइरालाले देखाएको पथलार्ई आत्मसाथ गरेर पार्टी अग्रसर बन्न सक्नु नै कोइराला प्रतिको सच्चा श्रद्धाञ्जली हुने उनले बताइन् ।

फाउण्डेशन भक्तपुरका अध्यक्ष बिदुरमानसिंह बस्नेत, नेपाली कांग्रेस सुर्यबिनायक नगरपालिका वडा नं. ८ का वडा सभापति बच्चुराम थापालगायतले कोइरालाले नेपाली राजनीतिमा दिएको योगदानको चर्चा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *