काठमाडौं उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित

भक्तपुर न्यूज

१७ असार २०७७ ११:२३

काठमाडौं उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा १७ जना कोरोना संक्रमित थपिएका छन्। बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले उपत्यकामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

पछिल्लो २४ घण्टामा शुुक्रराज ट्रपिकल अस्पतालमा काठमाडौँका २ महिला र ४ पुरुष, पाटन अस्पतालमा भक्तपुरका १ महिला, काठमाडौँका ३ महिला १ पुरुष, ललितपुरका ३ महिला २ पुरुष र धुलिखेल अस्पतालमा भक्तपुरका १ पुरुषमा कोरोना संक्रमण पोजिटिभ भेटिएको उनले जानकारी दिएका हुन् ।

प्रकाशित मितिः२०७७ असार १७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *