कोरोनाबाट बच्न साबुन उपयोगी कि स्यानिटाइजर ?

भक्तपुर न्यूज

५ चैत २०७६ १०:४३

कोरोनाबाट बच्न साबुन उपयोगी कि स्यानिटाइजर ?

काठमाडौं । विश्वमा कोरोना भाइरसले महामारी रूप लिइरहेको छ । यसै सन्दर्भमा कोरोना भाइरसको संक्रमणबाट बच्न विज्ञहरूले विभिन्न सुझाव दिंदै आइरहेका छन् ।

संक्रमणबाट बच्नका लागि नियमित रूपमा हात सफा गर्न विज्ञहरू सुझाव दिँदै आइरहेका छन् । यद्यपी कोरोनाबाट बच्नका लागि हात साबुन पानीले धुने कि स्यानिटाइजरले ? यो बहसको विषय बनेको छ ।

यूनिभर्सिटी अफ साउथ वेल्सका प्रोफेसर पोल थोर्डर्सनले कोरोना भाइरसबाट बच्नका लागि साबुन उपयुक्त हुने बताएका छन् ।

साबुनले भाइरसलाई सजिलै मार्न सक्ने उनले बताएका छन् । साबुनमा फ्याटी एसिड र नुनिलो तत्व हुन्छ, जसलाई एम्फिफाइल्स भनिन्छ । साबुनमा हुने यो तत्वले बाहिरी तहलाई निस्क्रिय बनाउँछ ।

साबुन पानीले करिब २० सेकेन्ड हात धोएमा टाँसिने पदार्थ नष्ट हुन्छ जसले भाइरसलाई एकसाथ जोडेर राख्ने काम गरिरहेको हुन्छ । यस्तो पदार्थ नष्ट हुँदा त्यहाँ हुने भाइरस पनि नष्ट हुने उनले बताएका छन् ।

साबुनपानीको तुलनामा स्यानिटाइरज प्रभावकारी नहुने अध्ययनले बताएको छ । जोन होपकिंस यूनिभर्सिटीका एक शोधका अनुसार लिक्वीड वा क्रिमका रूपमा स्यानिटाइजर कोरोना भाइरससँग लड्न साबुनजति प्रभावकारी हुँदैन ।

अल्कोहल बढी भएको स्यानिटाइजरले मात्रै कोरोनासँग लड्न सक्छ । तर सामान्य रूपमा प्रयोग हुने साबुन नै स्यानिटाइजरभन्दा उपयुक्त हुन्छ ।

प्रकाशित मितिः २०७६ चैत्र ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *