कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४९ सय ७३ पुग्यो

भक्तपुर न्यूज

३० फागुन २०७६ ५:१६

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४९ सय ७३ पुग्यो

काठमाडौं । नोवेल कोरोना कोभिड–१९ भाइरसका कारणबाट हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ९ सय ७३ जना पुगेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओ का अनुसार हालसम्ममा कोरोनाभाइरसको संक्रमण १ सय २७ मुलुकमा फैलिएको छ । बिहीबारसम्म संक्रमित १ लाख ३४ हजार ६ सय ७८ मध्ये ६९ हजार १ सय ४२ जना निको भएर घर फर्किएका छन् ।

कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् । चीनका ८० हजार ७ सय ९७ मा संक्रमण फैलिएको छ भने ३ हजार १ सय ७० जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । विगत २४ घण्टामा इटालीमा सबैभन्दा बढी १ सय ८९ जनाको मृत्यु भएको छ । त्यस्तै इरानमा ७५ जना, स्पेनमा ३१ जनाको मृत्यु भएको छ । कोरोनाको उद्गम स्थल चीनमा भने एक जनाको मात्रै मृत्यु भएको छ ।

प्रकाशित मिति स् २०७६ फागुन ३० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *