‘एस्पायर इन्टर कलेज २०२०’ को उपाधी ब्रिटिस कलेजलाई

भक्तपुर न्यूज

१९ फागुन २०७६ ८:०२

‘एस्पायर इन्टर कलेज २०२०’ को उपाधी ब्रिटिस कलेजलाई

काठमाडौं । ईस्लिंगटन कलेजले एस्पायर इन्टर कलेज इभेन्ट २०२० आयोजना गरेको छ। यो विभिन्न व्यवसायसँग सम्बन्धित प्रतिस्पर्धाको एक विस्तृत श्रृंखला हो। कलेजले यो इभेन्ट प्रत्येक बर्ष आयोजना गर्दै आएको छ।

एस्पायरले एउटा प्लेट फर्म प्रदान गर्ने लक्ष्य सहित सबै सहभागीहरूलाई उनीहरूको अधिकतम क्षमता देखाउने अबसर प्रदान गरेको छ। विद्यार्थीको सहभागिताले तिनीहरूमा समय व्यवस्थापन, टीममा काम गर्ने बानि र नेतृत्वशैली उच्च हुने विश्वास आयोजकले लिएको छ।

एकै साथ विद्यार्थीहरूका लागि एक विशिष्ट बजेट विनियोजन गरिएको थियोजहाँ प्रतिस्पर्धी विद्यार्थीले न्यूनतम समय र साधनमा उच्चतम परिणाम देखाएका थिए।

प्रत्येक सहभागीले उनीहरूको व्यावसायिक क्षमताको नयाँ पक्षहरू वास्तविक जीवन परिदृश्यहरूको सामना गर्नका लागि उपायहरु पत्ता लगाएका थिए। इभेन्ट फेब्रुअरी २६ देखि फेब्रुअरी २८ सम्म चलेको थियो। उत्कृष्ट पुरस्कार दि बृटिस कलेजले पाएको आयोजकले जानकारी दिएको छ।

प्रकाशित मितिः २०७६ फाल्गुन १९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *