सरकारका स्वास्थ्य मन्त्री तेस्रो दिनमा आए खरिपाटि क्वारेन्टाइनमा
भक्तपुर । भक्तपुरको खरिपाटी स्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुको स्वास्थ अवस्था वारे बुझ्न स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहितको टोली आज बाँसबारी (खरिपाटी) स्थित विद्युत प्रधिकरणका तालिम केन्द्रको क्वारेन्टाइनमा आइपुगे ।
मन्त्री ढकाललाई क्वारेन्टाइनको अवस्था बारे नेपाली सेनाका चिकित्सक टोलीका प्रमुख मेजर डाक्टर नविन फुयाँलले क्वारेन्टाइन रहेका १ सय ७५ जना पुर्ण रुपमा स्वस्थ्य रहेको जानकारी गराएका थिए । उनीहरुलाई २४ घण्टामा दुई पटक विहान र बेलुका शरिरको तापक्रम नाप्नु पर्ने व्यवस्था गरिएको उनले जनाकारी दिए ।
क्वारेन्टाइन निरिक्षणपछि संचारकर्मीसँग कुरा गर्दै स्वास्थ्य मन्त्री ढकालले चीनवाट नेपालीहरु लाई फर्काउनु अघि सरकार प्रति भएको अविश्वासलाई क्वारेन्टाइनमा रहेका नेपालीहरुको भनाईले स्पष्ट पारिदिएको बताए ।
सरकार कुरा भन्दा पनि काममा विश्वास गर्ने भएकाले क्वारेन्टाइनमा नेपालीहरुलाई उचित व्यवस्थापनका साथ राखिएको उनले जानकारी दिए । नेपालमा कोरोना भाइरसको कुनै पनि प्रभाव र संक्रमण नभएकाले डराउनु पर्ने अवस्था नरहेको मन्त्री मन्त्री ढकालले भनाइ छ ।
प्रकाशित मितिः २०७६ फागुन ६ मंगलबार