भक्तपुर । बुधबारदेखि भक्तपुरको देकोचास्थित ख्वप कलेजमा तीनदिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा उक्त प्रदर्शनी गरिएको हो ।
कलेजका प्राचार्य रुपक जोशीले करीब १० हजार विद्यार्थीले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा राखिएको बताउनुभयो । प्रत्येक वर्ष हुँंदै आएको प्रदर्शनीको क्रममा गतवर्ष करीब आठ हजारले अवलोकन गरेका उहाँले स्मरण गर्नुभयो ।
प्रदर्शनी अवलोकन गर्न काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर र उपत्यकाबाहिरका बनेपा, पनौती, धुलिखेललगायतका स्कुल÷कलेजहरुबाट पनि अवलोकनका लागि विद्यार्थीहरु आउने गरेका छन् । अवलोकन प्रवेश निःशुल्क गरिएको छ ।
प्रकाशित मितिः २०७६ माघ २२ बुधबार