ग्यालेक्सीमा ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न

भक्तपुर न्यूज

६ पुष २०७६ ८:३९

ग्यालेक्सीमा ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न

काठमाडौं। प्रहरी प्रधान कार्यालयमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम आज कार्यालयमा सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरका विद्यार्थीहरुसँग ‘प्रहरीसँग एक दिन’ कार्यक्रम गरिएको हो ।

प्रहरी प्रधान कार्यालयको सहकार्य तथा प्रहरी विद्यालय सम्पर्क समिति ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी उक्त स्कुलका शिक्षक तथा विद्यार्थीहरुबाट केन्द्रीय प्रहरी संग्राहलय र अमर प्रहरी स्मारकको अवलोकन भ्रमण समेत गरिएको थियो ।

सो अवसरमा प्रहरी प्रधान कार्यालय खेल मैदानमा प्रहरी प्रधान कार्यालय केनाईन महाशाखाबाट गरिएको ड्रिल प्रदर्शन कार्यक्रम समेत विद्यार्थीहरुले अवलोकन गरे ।

ड्रिल प्रदर्शनमा अपराध पुष्टी गर्न आवश्यक सबुद प्रमाणको खोजी, अपराधीको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, विष्फोटक पदार्थको खोजी तथा पहिचान, आज्ञापालन र बाधापार लगायतमा उक्त महाशाखाका तालिम प्राप्त कुकुरहरुले ड्रिल प्रदर्शन गरेका थिए ।

प्रकाशित मितिः २०७६ पौष ६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *