डोनाल्ड ट्रम्पको ट्वीटले महाभियोगको सुनवाईमा हलचल

भक्तपुर न्यूज

२ मंसिर २०७६ ६:०५

डोनाल्ड ट्रम्पको ट्वीटले महाभियोगको सुनवाईमा हलचल

काठमाडौं । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभामा राष्ट्रपति ट्रम्पको विरुद्ध महाभियोग जाँच गर्न शनिवार भएको सार्वजनिक सुनवाईको दोश्रो दिन धमाकेदार भएको छ। अमेरिकाको राष्ट्रपति सुनवाईको समयमा सदनमा उपस्थित थिएनन्, तर पनि उनको उपस्थिति सबैले महसुस गरेका थिए ।

उक्त सुनवाई टीभिमा लाइभ चलिरहेको थियो । यूक्रेनका लागि अमेरिकी पूर्व राजदूत मेरी योवानोविच जब सुनवाई क्रममा आफ्नो बयान दिइरहेको थिइन्, त्यही समय राष्ट्रपति ट्रम्पले ट्विटरमा उनी माथि हमला गरे ।

ट्वीटमा उनले मेरी योवानोविच माथि सोमालियामा उथल-पुथल मचाएको आरोप लगाएको थिए । उनले लेखेका छन्, ूहरेक ठाउँमा मेरी योवानोविच दोषी छिन्, सोमालियामा पनि उनले यही भनेकी थिइन् त्यहाँ के भयो,उनको त्यस ट्वीटको जानकारी सभामा पुग्यो । महाभियोगको जाँच गरिरहेका इन्टेलिजेन्स कमिटीमका चेयरम्यान एडम शिफले योवानोविचलाई त्यसको जानकारी दिए ।

योवानोविचले भनिन्,” यो धम्कि दिनु जस्तै हो। सोमालियाको आरोपमा उनले भनिन्, मलाई लाग्दैन कि म संग त्यति धेरै ताकत छ, कसै संग छैन न मोगादिशु संग, सोमालियामा पनि छैन।

उनको उक्त जवाफ टिभीमा लाइभ प्रसारित गरिएको थियो ।चेयरम्यान एडम शिफले ट्रम्पको ट्वीट साक्षीलाई डराउने-धम्काउने तरीका बताएका छन् ।

ट्रम्पले आफ्नो ट्वीट कसैलाई धमकाउनको लागि नभएको बताएका छन् । ट्रम्पले पत्रकारहरुसंग आफुले महाभियोगको सुनवाई हेरेको र त्यो अपमानजनक भएको बताएका छन् । रिपब्लिकन सांसदहरुले धमकाउने कुराको खण्डन गरेका छन् । सांसद जिम जोर्डनले भने , साक्षी आफ्नो बयान दिइरहेको थिइन्, यदि शिफले उनलाई त्यो ट्वीट पढेर नसुनाएको भए केहि थाहा हुदैन थियो ।

महाअभियोग जाँचमा राष्ट्रपति ट्रम्पले यूक्रेनलाई दिने सैन्य रोकिएको विषयमा चर्चा चलिरहेको छ । उनले राजनितिक प्रतिद्वंदी जो बाइडनको विरुद्धमा भ्रष्टाचारको विषयमा जाँच शुरू गर्न चाहन्थे र त्यसको लागी उनि युक्रेनमाथि दबाव दिन चाहन्थे ।

ट्रम्पले भनेका छन् कि उनले केहि गलत गरेका छैनन् र यो कारवाही राष्ट्रपतिको उत्पीड़नू गर्नको लागि गरिएको हो । एजेन्सी

प्रकाशित मितिः २०७६ मंसिर २ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *