कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित
काठमाडौं । कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित भएको छ ।
बिहीबार बिहान ११ बजेका लागि सिंहदरबरमा बोलाइएको बैठकमा समितिका सदस्यहरूको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।
नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्न बोलाइएको बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहालले १ घण्टा कुर्दा पनि केही सदस्य मात्र आएपनि बहुमत सदस्यहरूको उपस्थित नभएपछि बैठक स्थगित गर्नुपरेको समितिको सचिवालयले जनाएको छ ।
समितिको यसअघि कात्तिक १९ गते बोलाइएको बैठकमा पनि कोरम नपुगेकै कारण स्थगित गरिएको थियो ।
प्रकाशित मितिः २०७६ कार्तिक २८ बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५