पराल जलाएका कारण दिल्लीमा बढ्दै वायु प्रदूषण
काठमाडौं । भारतको सर्वोच्च अदालतले सोमबार पराल जलाएका कारण दिल्लीमा बढ्दै गरेको वायु प्रदूषणबारे चिन्ता जाहेर गर्दै केन्द्र र राज्य सरकारलाई नियन्त्रणका लागि आदेश दियो । जनसत्ता पत्रिकाका अनुसार भारतीय किसान यूनियनले यसबारे प्रतिक्रिया जनाएको छ ।
किसान यूनियनले भनेको छ कि जब सम्म किसानहरुको खातामा अनुदानको रकम आउँदैन तबसम्म यसरी नै पराल जलाइरहनेछौँ । यूनियन पञ्जाबका महासचिव हरिन्दर सिंह लाखोवालले भने, ‘अदालतको पराल जलाउने विषयमा आएको आदेशबाट हामी दुःखी छौँ ।’
उनले अगाडि भने, ‘ हामी सजिलो ढंगबाट अनुदानको माग गरिरहेका छौँ तर हामीलाई त्यो प्राप्त भइरहेको छैन । जबसम्म हाम्रो माग पूरा हुँदैन हामी पराल जलाइरहनेछौँ ।
भारतीय किसान यूनियन राष्ट्रीय स्वयंसेवक संघसँग आबद्ध संगठन हो । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक १९ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३