रिबेरीलाई तीन खेलको प्रतिबन्ध
काठमाडौं । इटालियन क्लब फिओरेन्टिनाको विंगर फ्रान्क रिबेरीलाई तीन खेलको प्रतिबन्ध लागेको छ । इटालियन सिरी ए फुटबलले रेफ्रीलाई दुर्व्यवहार गरेको कारण रिबेरीलाई तीन खेलको प्रतिबन्ध लगाएको छ ।
लिग अन्तर्गत लाजियोविरुद्ध २-१ ले पराजित भएको खेलमा रिबेरीले सहायक रेफ्री माटियो पास्सेरीलाई धकेलेका थिए ।सिरी ए का अनुशासन कमिटिले रिबेरीले खेल भावना विपरित कार्य गरेको कारण प्रतिबन्ध गरेको जनाएको छ । यस्तै रिबेरीलाई २० हजार युरो जरिवाना समेत गरिएको छ ।
जर्मन क्लब वायर्न म्युनिख छाड्दै यसै सिजन इटाली पुगेका रिबेरीले भने घटनाबारे माफी मागेका छन् । म मेरो टिम मेट, प्रशिक्षक र समर्थकसँग माफी माग्न चाहन्छु, रिबेरीले ट्वीट गरेका छन्, म पास्सेरीसँग क्षमा माग्न चाहन्छु । म निकै दुखी छु । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक १२ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३