लरीमा भेटिएको ३९ जनाको शवको पहिचान प्रक्रिया सुरु
काठमाडौं । बेलायतको एसेक्समा लरीमा भेटिएको ३९ जनाको शवको पहिचान प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ । बेल्जियमबाट आएको लरी बेलायतको टेम्स नजिक पुगेको थियो ।
ग्रेजको वाटरग्लेड इन्डस्ट्रियल पार्क नजिक एम्बुलेन्सका कर्मचारीले लरीमा शव भेट्टाएका थिए । मृतक मध्ये एकजना मात्रै २० वर्ष भन्दा कम उमेरका छन् ।
प्रहरीले लरीका चालक २५ वर्षका मो रोबिनसनलाई पक्राउ गरेको छ । रोबिनसन उत्तरी आयरल्याण्डको आर्मगा काउन्टीका बासिन्दा हुन् । प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ ।
शवको पहिचान गर्नु आफूहरुको पहिलो प्राथमिकताको विषय रहेको प्रहरीले बताएको छ तर यो प्रक्रिया पूरा गर्नका लागि लामो समय लाग्न सक्ने जनाइएको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक ७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३