भोक लाग्दा रिस उठ्नुका कारणहरू

भक्तपुर न्यूज

७ कार्तिक २०७६ १:१४

भोक लाग्दा रिस उठ्नुका कारणहरू

काठमाडौं । भोक लाग्दा अवश्य पनि सबैलाई रिस उठ्ने गर्छ । भोक लाग्दा रिस उठ्ने कारण भने कसैलाई पनि थाहा भएको हुँदैन । तर, अब वैज्ञानिकहरूले भोकलाग्दा अधिकांश मानिसहरूलाई रिस उठ्ने कारण पत्ता लगाएका छन् ।

‘इमोसनल’ जर्नलमा प्रकाशित गरिएको भोकसँग जोडिएको भावनात्मक स्थितिको मनोवैज्ञानिक तरिकाको अनुसन्धानका अनुसार जीवविज्ञानको परस्पर क्रिया, व्यक्तित्व र छेउछाउको माहोलले गर्दा भोक लाग्दा रिस उठ्ने गरेको पाइएको छ । ४०० भन्दा बढी व्यक्तिमा गरिएको यो अध्ययनका अनुसार भोको अनुभव गर्नाले कहिलेकाँही मानिसको भावना र दुनियाँलाई लिएर विभिन्न विचारहरू उत्पन्न हुने हुँदा जसले पनि निकै प्रभाव पारेको हुन्छ । भोक लागेको बेलामा छेउछाउको अवस्थाले गर्दा मात्रै व्यक्ति रिसाएको हुँदैन ।

व्यक्तिको भावना जागरुक हुने स्तरले गर्दा भोक लागेको बेलामा रिसलाई निर्धारित गर्ने हुँदा उसले त्यतिबेला के सोचिरहेको भन्ने कुरामा भर पर्ने हुन्छ । अक्सफोर्ड डिक्सनरीले पनि क्रियाका अर्थमा ‘हंग्री’ शब्दलाई पनि प्रविष्ट गरेर ‘हंग्री’को अर्थ भोकका कारण रिस उठ्नु  मानेको छ ।

अनुसन्धानले आफूलाई भोक लागेको छ कि छैन भनेर सोचिरहने व्यक्तिहरूमा चाहिँ भोकै हुँदा पनि रिसाउने सम्भावना निकै कम देखाएको थियो ।

प्रकाशित मितिः २०७६ कार्तिक ७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *