नेपालले आज थाइल्याण्डको यू–२३ टिमसँग तेस्रो खेल खेल्दै
काठमाडौं । थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमले तेस्रो मैत्रीपूर्णमा थाइल्याण्डको यू–२३ टिमसँग खेल्न लागेको हो । नेपाल र युनिभर्सिटीबीचको खेल दिउँसो ४ बजेपछि हुनेछ ।
यस अघिका दुई मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको थियो । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले स्थानीय टिम जरानसानिवोङलाई ३–१ को सेटमा र आइतबार भएको दोस्रो खेलमा थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू–२३ टिमलाई ३–१ कै सेटमा हराएको थियो । थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।
प्रकाशित मितिः २०७६ कार्तिक ५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००