सारालाई सौतेनी आमा करीनाको ‘टिप्स’
काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री करीना कपूर सधैँजसो चर्चामा नै रहने गरेको देखिन्छ । कहिले आफ्नो छोरा तैमुरलाई लिएर होस् वा कुनै नयाँ पहिरनका कारण उनी सधैँ चर्चामा नै रहेकी छन् ।
आमा बनिसकेपछि पनि आफूलाई हट र फिट राख्न सफल भएको कारणले बलिउड उद्योगमा अझै पनि उनलाई कैयौं फिल्ममा मुख्य अभिनेत्रीको भूमिकाका लागि अफर आइरहेका छन् । करीना पुनः एकपटक चर्चामा आएकी छन् । तर, यो पटक उनी आफ्नो छोराभन्दा पनि सौतेनी छोरी सारा अली खानको कारणले चर्चामा आएकी हुन् ।
करीना अहिले सैफ र अमृताकी छोरी सारालाई स्टाइल र फेसनको टिप्स दिनमा व्यस्त भएका कारण चर्चामा आएकी हुन् । साराले पहिलो फिल्मबाट नै आफ्नो लुक्स र अभिनयका कारणले बलिउडमा राम्रो स्थान बनाइसकेकी छन् । दुईवटा फिल्ममा सफलता पाइसकेकी सारामा फेसन सेन्स कम भएको धेरैले टिप्पणी गर्ने गरेको पाइन्छ ।
त्यहीँ भएर करीना अहिले साराको फेसन सेन्सलाई परिवर्तन गर्नमा लागिपरेकी छन् । उनी सारालाई स्टाइलिश, फेसनेबल र सुन्दर देखिनका लागि अनेकौं टिप्सहरू दिइरहेकी छन् । करीनाले सारालाई कस्तो पहिरन लगाउने, कस्तो फेसन गर्ने, कस्तो लुगामा कस्तो मेकअप गर्ने भन्ने कुरा सिकाइरहेकी छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ३० बिहिबार