विप्लवका २१ केन्द्रीय तहका नेता पक्राउ
दाङ । दाङबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना केन्द्रीय तहका नेतालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरको कमान्डमा खटिएको प्रहरी टोलीले ६ जना केन्द्रीय सदस्यसहित २१ जना केन्द्र तहका नेतालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विप्लवका दाइ चन्द्रबहादुर चन्दसहित रहेको जनाइएको छ । उनले पश्चिम नेपालको कमाण्ड सम्हाल्दै आएका थिए ।यसैगरी राप्ति व्युरो प्रमुख चेतबहादुर वाठा पनि पक्राउ परेको उच्च स्रोतले जनाएको छ । उनीहरुलाई राजपुर गाउँपालिका–४ मुङ्रेटाखोलाबाट पक्राउ गरेको जनाइएको छ ।
पार्टीको राप्ति ब्यूरो बैठकमा प्रहरीले हस्तक्षेप गरेको विप्लव नेताले बताएका छन् । बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्य एवम् कमाण्ड ईन्चार्ज विरंजग, राप्ती ब्यूरो ईन्चार्ज सुवास, युवा संगठनका अध्यक्ष पाटनसहित २१ नेता पक्राउ परेको उनीहरुले बताएका छन् ।
प्रकाशित मितिः २०७६ असोज ३० बिहिबार