नेकपाको संगठन विभागमा तीन सदस्य थपिए
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले संगठन विभागमा तीन जना सदस्य मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई संगठन विभागमा सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।
तीन जना सदस्य थपिएसँगै नेकपाको संगठन विभाग पाँच सदस्यीय बनेको छ । यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए ।
यस्तै, बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ ।बैठकले उपनिर्वाचन हुने क्षेत्रको उम्मेद्वारका लागि कात्तिक १० गतेसम्म उम्मेद्वारको नामावली केन्द्रमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रकाशित मितिः २०७६ असोज २९ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००