स्विडेनले माल्टालाई ४-० गोल अन्तरले हरायो
काठमाडौं । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा स्विडेनले सहज जित निकालेको छ । शनिबार राति भएको समूह चरणको खेलमा स्विडेनले माल्टालाई ४-० गोल अन्तरले हराएको हो ।
माल्टाको घरेलु मैदानमा स्विडेनलाई जित दिलाउन सेबास्टियन लार्सेनले दुई गोल गरे । यस्तै मार्कुस डानिल्सनले एक गोल थपे । स्विडेनले एक आत्मघाती गोलको उपहार पायो। स्विडेनका आन्द्री अगुइसले आत्मघाती गोल गरे ।
जितसँगै समूह एफ को स्विडेनले युरोकपमा छनोट हुने सम्भावना कायम राखेको छ । स्विडेनले ७ खेलबाट १४ अंक जोडेको छ । स्विडेन तालिकाको दोस्रो स्थानमा छ । पराजित माल्टा ३ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १३:१७