स्विडेनले माल्टालाई ४-० गोल अन्तरले हरायो

भक्तपुर न्यूज

२६ असोज २०७६ ४:५०

स्विडेनले माल्टालाई ४-० गोल अन्तरले हरायो

काठमाडौं । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा स्विडेनले सहज जित निकालेको छ । शनिबार राति भएको समूह चरणको खेलमा स्विडेनले माल्टालाई ४-० गोल अन्तरले हराएको हो ।

माल्टाको घरेलु मैदानमा स्विडेनलाई जित दिलाउन सेबास्टियन लार्सेनले दुई गोल गरे । यस्तै मार्कुस डानिल्सनले एक गोल थपे । स्विडेनले एक आत्मघाती गोलको उपहार पायो। स्विडेनका आन्द्री अगुइसले आत्मघाती गोल गरे ।

जितसँगै समूह एफ को स्विडेनले युरोकपमा छनोट हुने सम्भावना कायम राखेको छ । स्विडेनले ७ खेलबाट १४ अंक जोडेको छ । स्विडेन तालिकाको दोस्रो स्थानमा छ । पराजित माल्टा ३ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *