मान्यजनको हातबाट टिका थापेर आशीर्वाद लिने क्रम जारी
भक्तपुर । बडा दशैं टिकाको दोस्रो दिन आज आफन्त र मान्यजनको हातबाट टिका थापेर आशीर्वाद लिने क्रम जारी छ ।
विजयादशमीका दिन जान नभ्याइएका आफन्तजनकहाँ कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा थाप्न जाने प्रचलन छ । कतिपय स्थानमा भने कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने चलन छ ।
दशैंमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरु कहाँ पुग्ने गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान मानिसहरुलाई चटारो नै हुने गर्दछ ।
त्यस्तै दशैं मनाउन गाउँघर गएकाहरु फर्कन थालेपछि काठमाडौं उपत्यकाको सवारी आवागमन बाक्लिएको छ ।
घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद आफूभन्दा ठुलाहरूको हातबाट थापेर आशिर्वाद लिने गरिन्छ ।
प्रकाशित मितिः २०७६ असोज २२ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००