सरकारविरोधी प्रदर्शनमा कम्तीमा २७ जनाको मृत्यु
काठमाडौँ । इराकमा भएको सरकारविरोधी प्रदर्शनमा कम्तीमा २७ जना मारिएका छन् । प्रदर्शन ६०० भन्दा बढी घाइते भएको प्रहरी तथा स्वास्थ्य स्रोतले जनाएको छ ।
विरोधकर्ताहरूले सरकारी भवन र वाहनहरूमा आगजनी गरेपछि प्रहरीले कडा दमन गरेको छ । प्रदर्शनकारीहरूले प्रधानमन्त्री अदेल अब्दुल माहदी नेतृत्वको सरकारको विरोध गर्दै भंग गर्न आह्वान गरेका छन् ।
मंगलवार दर्जनौं विरोधकर्ता र कम्तीमा दुई प्रहरी अधिकारीहरू मारिएका छन् । राजधानी बग्दाद तथा कैयौं शहरहरूमा विरोधकर्ता र प्रहरीबीच गोली हानाहान भएको थियो ।
बग्दादको ग्रीन जोन अर्थात् सरकारी भवन र विदेशी दूतावासहरूमा रातभरि विस्फोटको आवाज आइरहेको थियो । राजधानीका सडकहरूमा विरोधकर्ताहरूले सडकमा टायर बालेर अवरोध तेर्स्याएका थिए अनि सरकारी वाहनमा आगजनी गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १८ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८