रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले जर्मन क्लब बायर लिभरकुसेनलाई ३–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युभेन्ट्सले गोन्जालो हिग्युनको गोलबाट अग्रता लिएको थियो । जोनाथन ताहको गल्तीमा हिग्युनले १७ औ मिनेटमा उनले सिरि ए च्याम्पियनलाई अग्रता दिलाएका थिए । ६१ औ मिनेटमा फेडेरिको बर्नार्डेस्कीले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए ।
खेल सकिन दुई मिनेट बाँकी छदाँ क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए । युभेन्ट्स दुई खेलबाट ४ अंक जोड्दै समुह डीको शीर्ष स्थानमा रह्यो । लिभरकुसन अंक विहिन हुदै पुछारमा छ ।
प्रकाशित मितिः २०७६ असोज १५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३