सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

भक्तपुर न्यूज

१४ असोज २०७६ ६:०७

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

काठमाडौं । आज पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन ८ सय र चाँदी १५ रुपैयाँले घटेको हो । केही दिन यता सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ ।

छापावाला सुन आज प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी १५ रुपैयाँले घटेर प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मितिः २०७६ असोज १४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *