बाढीले भारतमा १ सयभन्दा बढीको मृत्यु

भक्तपुर न्यूज

१३ असोज २०७६ ७:१८

बाढीले भारतमा १ सयभन्दा बढीको मृत्यु

काठमाडौं । मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् । भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले जनजीवनलाई नराम्ररी प्रभावित बनाइदिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार, बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ र बिहारमा २९ जनाको ज्यान गएको छ ।दुवै राज्यमा केही मानिस घाइते भएको बताइएको छ । घाइतेमध्ये केही गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

अधिकारीहरूका अनुसार रेल सेवा, अन्य यातायात, स्वास्थ्य सेवा, विद्यालय तथा विद्युत् आपूर्ति अस्तव्यस्त भएका छन् ।
बाढीले बिहारको मुख्य सहर पटना पनि प्रभावित भएको छ । यहाँका आवासीय बस्तीहरू डुवानमा परेका छन् ।पटनामा मानिसहरू डुङ्गा चढ्न बाध्य भएका छन् ।

यस्तै, उत्तर प्रदेशका बनारसलगायत स्थान पनि बाढीको चपेटामा छन् । बनारसको पानीको निकास थुनिँदा जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज १३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *