घट्यो सुनचाँदीको मूल्य
काठमाडौं। आज पनि सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार बजारमा सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो । छापावाला सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ असोज १३ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
