बन्ने भयो रानू मण्डलको बायोपिक
काठमाडौं । चर्चित गायिका लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ ले रानू मण्डलको किस्मत रातारात बदल्यो । उनी इन्टरनेट सेन्सेशन बनिसकेकी छन् । अहिले उनको नाम नसुन्ने सायदै होलान् । उनी अहिले संसारभर चर्चित भएकी छन् । हरेक कोही उनको सुरिलो आवाज र गायिकीको कायल छन् । कोलकाताको स्टेशनमा गीत गाउने उनको जिन्दगी अहिले पूरै बदलिएको छ ।
अब उनको जिन्दगीमाथि फिल्म निर्माण हुन लागेको जानकारी प्राप्त भएको छ । इन्स्पायर फिल्ममेकर ऋषिकेश मण्डलले उनको जीवनीमा फिल्म बनाउने तयारी थालेका छन् । प्राप्त जानकारी अनुसार, रानूको बायोपिक फिल्मका लागि साउथकी चर्चित अभिनेत्री सुदीप्ता चक्रवर्तीलाई अप्रोच गरिएको छ । यसको खुलासा उनी स्वयंले गरेकी हुन् ।
एक अन्तर्वार्तामा उनले भनिन्, ‘हो, मलाई फिल्म अफर भएको छ । तर, मलाई फिल्मको स्क्रिप्ट मिल्न बाँकी छ । स्क्रिप्ट पाएपछि फिल्म गर्ने वा नगर्ने टुंगो लाग्छ । यद्यपि, मलाई फिल्म गर्ने इच्छा भने छ ।’ जर्नालिस्टबाट निर्देशक बनेका ऋषिकेशले फिल्मको नाम ‘प्लेटफर्म सिंगर रानू मण्डल’ राखेका छन् । फिल्ममा रानूको रेलवे स्टेशनदेखि बलिउडसम्मको सफर देखाइनेछ ।
निर्देशक ऋषिकेश भन्छन्, ‘सुदीप्ता चक्रवर्तीलाई फिल्म अप्रोच गरेको सत्य हो । तर, उनीबाट अहिलेसम्म कुनै जवाफ आएको छैन । मलाई लाग्छ कि यो क्यारेक्टरलाई उत्कृष्ट तरिकाले यदी कसैले दर्शाउन सक्छ भने त्यो उनी नै हुन् ।’ उनी रानू देशका कयौं महिलाका लागि एक मिसाल रहेको बताउँछन् । रानूको जीवनीमाथि फिल्म बनाउने अहिले सही समय रहेको उनको भनाई छ ।
प्रकाशित मितिः २०७६ असोज ९ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५३
चेन्नई सुपर किंग्सको तेस्रो जित
२५ वैशाख २०८२ १०:५८